संसदलाई प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण: सभामुख घिमिरे
काठमाडाैं | माघ १६, २०७९
काठमाडौं: प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्ने भएकाले यसमा सञ्चार जगतलगायत सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । सभामुख घिमिरेले विभिन्न ऐन निर्माण गर्ने विधेयकमा छलफल वा नयाँ केहि निर्णय गर्ने विषयमा पनि आफू समझदारीमा नै अघि बढ्ने बताए ।
देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरूई पनि आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको सभामुख घिमिरेको भनाइ छ । सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरूलाई पनि समाधान गर्दै लैजाने बताए।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

